नेप्सेको पुरानो वेबसाइट दुई दिनदेखि बन्द, मेरो शेयरमा दुई दिन अघिकै शेयर मूल्य

२ बर्ष अगाडि

काठमाडौं-नेपाल स्टक एक्सेन्च (नेप्से)को पुरानो साइट नचल्दा सिडिएससिको मेरो शेयरमा समेत शेयरको मूल्य अपडेट हुन सकेको छैन।

नेप्सेको नयाँ वेबसाइट चलेको भए पनि पुरानो वेबसाईट गत दुई दिनदेखि चलेको छैन। नेप्सेको उक्त साइट नचल्दा मेरो शेयरमा गत दुई दिनदेखि शेयरको मूल्य परिवर्तन भएको छैन।

मेरो शेयरको पोर्टफोलिमा अहिले दुई दिन अघिकै शेयर मूल्य देखिएको छ। लगानीकर्ताको डिम्याटमा रहेको शेयरको परिवर्तित मूल्य देखिएको छैन। अहिले मरो शेयरमा माघ २ गतेको अन्तिम कारोबार मूल्य देखिएको छ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया