जेफ बेजोसको कुल सम्पत्तिमा ४४ अर्ब  डलरको गिरावट,धनाढ्यको तेश्रो स्थानमा झरे

१ बर्ष अगाडि

एमाजोनका संस्थापक र विश्वका धनाढ्य व्यक्तिमध्येका एक जेफ बेजोसको कुल सम्पत्तिमा ४४ अर्ब  डलरको गिरावट आएको छ । अर्बपतिहरुको सम्पत्तिको तथ्यांकलाई हेर्दा बेजोसको सन् २०२२ देखि हालसम्म ४४ अर्ब डलरको गिरावट आइसकेको छ । 

एक रिपोर्टका अनुसार, शुक्रबार एमाजोनको त्रैमासिक रिपोर्ट सार्वजनिक भएपछि कम्पनीको शेयरमा भारी गिरावट भएको थियो । जसको प्रत्यक्ष असर बेजोसको नेटवर्थमा परेको छ । उनलाई २१ अर्ब डलरको घाटा भएको छ । 

रिपोर्टका अनुसार कम्पनीले शुक्रबार त्रैमासिक वित्तिय विवरण सार्वजनिक गर्यो। जसअन्तर्गत ई(कमर्स कम्पनी एमाजोनले पहिलो तीन महिनामा ३.८४ अर्ब डलर वा ७.५६ डलर प्रतिशेयर घाटा भएको वित्तिय विवरण सार्वजनिक गरेको हो ।

सो कम्पनीले गत वर्षको पहिलो त्रैमासमा ८.१ अर्ब डलर वा प्रति शेयर १५.७९ डलर नाफा कमाएको थियो । शुक्रबार एमाजोनको शेयर १४.०५ प्रतिशतले गिरावट भएर २ हजार ४८५.६३ डलरमा बन्द भएको थियो । सो गिरावटकासाथै एमाजोनका संस्थापक बेजोसको सम्पत्तिमा पनि कमी आएको छ । शुक्रबार कम्पनीकालागि सन् २००६ पछिको सबैभन्दा नराम्रो गिरावट हो ।

यसकासाथै बेजोसको नेटवर्थ यस वर्षको उच्च २१० अर्ब डलरबाट घटेर १४८.४ अर्ब डलरमा झरेको छ । अप्रिल महिना एमाजोनकालागि सबैभन्दा नराम्रो रहेको थियो र शेयरमूल्य घट्दा लगानीकर्ताहरुको धारणामा नकरात्मक असर पर्यो जसले जेफ बेजोसको सम्पत्तिमा यस महिना २०.५ अर्ब डलरको कमी आयो ।

नेटवर्थमा आएको गिरावटलाई मध्यनजर गर्दा जेफ बेजोस आम्दानीका आधारमा यस वर्ष सर्वाधिक तेश्रो धनी बनेका छन् । शेयरमा देखिएको गिरावटसँगै उनी तेश्रो स्थानमा झरेका हुन् । शुक्रबार बेजोसकालागि मात्र नभएर विश्वका अन्य अर्बपतिहरुकालागि पनि ब्ल्याक फ्राइडेका रुपमा देखापर्यो । बजारमा आएको गिरावटबाट विश्वका ५०० सर्वाधिक धनी व्यक्तिको सम्पत्तिमा सामूहिक रूपमा ५४ अर्ब डलरभन्दा धेरैको घाटा भएको छ । यसैगरी दोश्रो धनी व्यक्ति, एलन मस्कको सम्पत्ति ३.६३ अर्ब डलरले घटेर २४९ अर्ब डलरमा झरेको छ । यसबाहेक बिल गेट्सको नेटवर्थमा २.७३ अर्ब डलरले घटेको छ । एजेन्सी 

१ बर्ष अगाडि

प्रतिक्रिया