विश्व शेयर बजारमा गिरावट : शीर्ष १० धनाढ्यको अर्बौंको सम्पत्ति घट्यो, अडानी शीर्ष ५ बाट बाहिरिए

१ बर्ष अगाडि

काठमाडौं- विश्व शेयर बजारमा दिन प्रतिदिन भारी गिरावट आइरहेको छ। जसका कारण विश्वका शीर्ष धनाढ्यहरुको सम्पत्ति पनि ओरालो लागेको छ । 

पछिल्लो २४ घण्टामा मात्रै विश्वका शीर्ष १० धनाढ्यको सम्पत्ति ५५ बिलियन डलरभन्दा बढीले घटेको छ। जसमा विश्वकै धनीव्यक्ति एलन मस्क र भारत तथा एसियाका सबैभन्दा धनीव्यक्ति गौतम अडानीले सर्वाधिक घाटा व्यहोरेका छन्। 

फोर्ब्सको रियल टाइम अर्बपतिहरुको सूचीअनुसार मंगलबार साँझ भारतीय बजार बन्द हुँदासम्म विश्वका शीर्षक १० धनाढ्यले पछिल्लो २४ घण्टामा ५५ बिलियन डलरभन्दा बढी गुमाइसकेका छन्। 

टेस्लाका मालिक एलन मस्कले सबैभन्दा बढी १८.७ बिलियन डलर नोक्सानी व्यहोरेका छन्। अहिले उनको कुल सम्पत्ति २३७.१ बिलियन डलरमा झरेको छ। कुनै बेला उनको सम्पत्ति ३०० मिलियन डलर नाघेको थियो। यद्यपि, उनी अझै विश्वकै धनीव्यक्तिहरुको सूचीमा अग्रस्थानमै छन्। 

मस्कपछि सबैभन्दा बढी भारतीय व्यापारी गौतम अडानीलाई परेको छ। अडानी ग्रीन इनर्जी र अडानी ट्रान्समिसन ८–८ प्रतिशतभन्दा बढीले घटेको छ। अडानी विल्मर र अडानी पावरको शेयरमा तल्लो सर्किट लागेको छ। यसले गौतम अडानीको नेटवर्थलाई असर गरेको छ। 

पछिल्लो २४ घण्टामा अडानीको सम्पत्ति ११.६ बिलियन डलरले घटेको छ। यो गिरावटका कारण गौतम अडानी अहिले धनाढ्यको सूचीमा शीर्ष ५ बाट बाहिरिएका छन्। अहिले उनी ११२.२ बिलियन डलरसहित छैटौँ स्थानमा छन्।

जेफ बेजोस, मुकेश अम्बानी र स्टिभ बाल्मरको सम्पत्तिमा पनि पछिल्लो धेरै घटेको छ। बेजोसले यस अवधिमा ६ मिलियन डलर गुमाए र अहिले १३४.६ बिलियन डलरसहित विश्वको तेस्रो धनीव्यक्ति बनेका छन्। लामो समयदेखि भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले यस अवधिमा ५.५ बिलयन डलरको घाटा व्यहोरेका छन्। अहिले उनको कुल सम्पत्ति ९३.१ बिलियन डलर छ र उनी धनीहरुको सूचीमा १० औँ स्थानमा छन्। 

१ बर्ष अगाडि

प्रतिक्रिया