जेठ महिनामा वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने सहमति

बुधबार, २८ बैशाख २०७९, १४ : ०२

जेठ महिनामा वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने सहमति गरेका छन्। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को मंगलबार बसेको बैठकले जेठ महिनामा ब्याजदर नबढाउने सहमति गरेको हो। फागुनमा ब्याजदर बढाएका बैंकहरुले चैत र वैशाखमा पनि ब्याजदर स्थिर राखेका थिए। अ

सरकारको विकास खर्च र निर्वाचनको खर्च बढेसँगै तरलता पनि केही सहज हुन थालेकोले ब्याजदर स्थिर राख्ने सहमति भएको छ । 

यो सहमतिसँगै अब वाणिज्य बैंकहरुको जेठका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ प्रतिशत र संस्थागतमा अधिकतम १०.०३  प्रतिशत ब्याज कायम हुने भएको छ। 

बुधबार, २८ बैशाख २०७९, १४ : ०२

प्रतिक्रिया