लुम्बिनी विकास बैंकले १ अर्बको ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ

बुधबार, २८ बैशाख २०७९, १४ : ३२

काठमाडौं- लुम्बिनी विकास बैंक लिमिटेडले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ‘११प्रतिशत एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र निकाष्सन गर्ने भएको हो। यो ऋणपत्र १० वर्ष अवधिको हुनेछ। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्। 

बैंकले यो ऋणपत्र जारी गर्न नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ। 

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा लुम्बिनी विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले आज हस्ताक्षर गरेका छन्। 

प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुको स्वीकृतिपश्चात निष्कासन गरिने बैंकले जनाएको छ।

बुधबार, २८ बैशाख २०७९, १४ : ३२

प्रतिक्रिया