जाल्पा सामुदायिक लघुवित्तसहित यी कम्पनीहरुको सर्वाधिक कारोबार, कुनले कतिको कारोबार गरे ?

१ बर्ष अगाडि

काठमाडौं, साताको पहिलो कारोबारको दिन (मंगलबार) शेयर बजारमा पहिरो गएको छ । कारोबारको सुरुवातबाटै ओरालो लागेको नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज अन्तिम समयसम्म आउँदा ८४.९० अंकले घटेर २२६५.५२ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रुपैंया बराबरको कारोबार भएको छ ।

सो रकम बराबरको शेयर कारोबार हुदाँ जाल्पा सामुदायिक लघुवित्तको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ७९ लाख बढीको शेयर कारोबार भएको हो । 

त्यस्तै, आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावर कम्पनीको ५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया