सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटेल शारामा ३० प्रतिशतसम्म छुट

मंगलबार, १० जेठ २०७९, ११ : ३८

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई पोखरास्थित होटेल शारामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। 

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र होटेल शाराका तर्फबाट कार्यकारी प्रमुख जानुुका सुुवेदी भण्डारीले हस्ताक्षरगरेका छन्। 

सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले होटेल शारामा खाना, साउना, स्पा तथा पेयपदार्थमा १५ प्रतिशत तथा आवासमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। 

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा बैंकले मुलुकभर ११२ शाखा कार्यालय र ३२ एटीएमका बैंकिङ सेवा प्रदान गर्नुका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ।

मंगलबार, १० जेठ २०७९, ११ : ३८

प्रतिक्रिया