हाम्रो नेपाली किबोर्डले पुरा गर्यो ५० लाख डाउनलोड
काठमाडौं–हाम्रो नेपाली किबोर्डको नयाँ स्वरुप, स्टिकर, इमोजी सहितको अघिल्लो संस्करणलाई अत्याधिक माया दर्शाएकोमा हाम्रो नेपाली किबोर्ड तथा हाम्रो पात्रो परीवारले सबैप्रति आभार व्यक्त गरेको छ।
सबैको मायाले अब हाम्रो नेपाली किबोर्ड नेपालमा सर्वाधिक ५० लाख डाउनलोड भएको अर्को नेपाली एप बन्न सफल भएको छ ।
यस अघि सन् २०१८ को नोभेम्बरमा हाम्रो पात्रोले ५० लाख डाउनलोड भएको नेपालको पहिलो एपको आंकडा चुम्न सफल भएको थियो ।
नयाँ वर्ष २०१९ को अवसरमा हाम्रो नेपाली किबोर्डले पहिलो पटक, नेपाली स्टिकरहरु समावेश गरिएको हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरेको थियो ।
अहिले फेरि प्रेम दिवस (भ्यालेन्टाइन)को अवसरमा प्रयोगकर्ताहरुको प्रेमील गफहरुमा, सन्देशहरुमा तथा आफ्ना आफन्त, विशेष कोही, प्रियजनहरुलाई तपाईंको माया, प्रेम अभिव्यक्त गर्न भन्दै हाम्रो नेपाली किबोर्डले मायालु सन्देशसहितका नयाँ स्टिकरहरु थपेको जानकारी दिएको छ ।
हाम्रो नेपाली किबोर्डले भनेको छ–तपाईंले शब्दबाट अभिव्यक्त गर्न नसकेका कुराहरु हाम्रो स्टिकरमा समावेश विभिन्न प्यारा नेपाली पात्र तथा सिम्बोलअंकित स्टिकरहरुले सजिलै अभिव्यक्त गरीदिनेछन् । थपिएका नया स्टिकरमा कान्छा, कान्छि, बौचा व मैचा, नक्कली, मुनु र मिमि तथा प्रेमका अन्य चल्तिका शब्द समेटिएका छन् । प्रेम दिवसको शुभकामना !’
यसका साथै हाम्रो पात्रोमा समेत प्रेमदिवस विशेष इकार्डहरु उपलब्ध रहेको जनाइएको छ।
हाम्रो नेपाली किबोर्ड यहाँबाट राख्नुस्: https://play.google.com/store/apps/details?id=com.hamrokeyboard
प्रतिक्रिया