यस्ताे छ विदेशी मुद्राको विनिमय दर

मंगलबार, १९ पुस २०७९, ०८ : १२

काठमाडौं / नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

त्यसैगरी, अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ९ पैसा र बिक्री दर १३२ रूपैयाँ ६९ पैसा तथा युरो एकको खरिद दर १४१ रूपैयाँ ९ पैसा र बिक्री दर १४१ रूपैयाँ ७३ पैसा रहेको छ । 

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १४ पैसा र बिक्री दर १५९ रूपैयाँ ८६ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ ८८ पैसा र बिक्री दर १४३ रुपैयाँ ५३ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८९ रुपैयाँ ८५ पैसा र बिक्री दर ९० रुपैयाँ २६ पैसा रहेको छ ।

मंगलबार, १९ पुस २०७९, ०८ : १२

प्रतिक्रिया