ग्लोबल आइएमई बैंकद्वारा १६औँ वार्षिकोत्सवको अवसरमा देशव्यापीरुपमा बृहत रक्तदान

मंगलबार, १९ पुस २०७९, ०९ : ३०

काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेडले १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंक पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले सोमबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान कार्यक्रमअन्तर्गत प्रदेश १ को बिर्तामोड शाखा झापा, मधेस प्रदेशको मिर्चैया शाखा सिरहा, बाग्मती प्रदेशको कान्तिपथ शाखा काठमाडौँ, बाग्मती प्रदेशको भरतपुर शाखा चितवन, गण्डकी प्रदेशको न्यूरोड शाखा पोखरा कास्की, लुम्बिनी प्रदेशको घोराही शाखा दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा वीरेन्द्रचोक र सुदूरपश्चिम प्रदेशको चौराहा धनगढी शाखा कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

देशभर आयोेजित कार्यक्रममा ५१२ रक्तदाताहरुबाट २४२ लिटर रगत दान गरिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको जनाएको छ ।

मंगलबार, १९ पुस २०७९, ०९ : ३०

प्रतिक्रिया