सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

मंगलबार, १९ पुस २०७९, १२ : १९

 काठमाडौँ/ सन नेपाल लाइफ इन्स्योरेन्सले २०७९/०९/१३ देखि २०७९/०९/१६  सम्म साबिकको मेचि र कोशीको अन्चलका बिर्तामोड इलाम बिराटनगर इटहरी र धरान शाखा कार्यलयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

जनमानसमा बिमाको महत्व, बिमा दाबि भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण  कम्पनिका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरीएको थियो साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो  ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गदैँ आएको उक्त कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने जानकारी दिएको छ । 
 

मंगलबार, १९ पुस २०७९, १२ : १९

प्रतिक्रिया