सनराइज बैंकको डिजिटल वित्तीय साक्षरता कार्यक्रम जुम्लाबाट सुरू

मंगलबार, १९ पुस २०७९, १५ : ४१

 

जुम्ला / सनराइज बैंकले जुम्लामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। 

उद्योग वाणिज्य भवन जुम्लामा पुस १४ गते आयोजित एक कार्यक्रमकाबीच बैंकका कार्ड तथा ई–बैंकिङका प्रमुख मनोज घिमिरे, ब्राण्ड व्यवस्थापन तथा सि।एस।आर प्रमुख सुमन थापा र जुम्ला शाखा प्रमुख खडक प्रसाद देवकोटाको उपस्थितीमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो। सो वित्तीय साक्षरता कार्यक्रममा १२० विद्यार्थी र स्थानीयको सहभागिता रहेको थियो।

अहिलेको समयमा विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भइरहेको अवस्थामा डिजिटल कारोबारलाई थप प्रवर्द्धन र प्रोत्साहन गर्न बैंकले डिजिटल साक्षरता कार्यक्रमको सुरूवात जुम्लाबाट गरेको बैंकले स्पष्ट पारेको छ। 

डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, मिस्कल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर भुक्तानी लगायतका अत्याधुनिक बैंकिङ उपकरणहरूको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यम बाट भुक्तानी गर्न प्रोत्साहान गर्ने तथा सुरक्षित बैंकिङ कसरी गर्ने भन्ने बारेमा जानकारी गराइएको थियो।

मंगलबार, १९ पुस २०७९, १५ : ४१

प्रतिक्रिया