निर्धन उत्थान लघुवित्तद्धारा लाभांश घोषणा

बुधबार, २० पुस २०७९, १२ : १४

काठमाडौँ-   निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफना सेयरधनीहरुलाइ  लाभांश प्रस्ताव गरेको छ। 


पुस १९ गते (मंगलबार) बसेको सञ्चालक समितिको बैठकले  बसेको  उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ४३ करोड ९० लाख ५ हजार रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। 


प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ४१ करोड ७० लाख ५४ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशले हुन आउने २ करोड १९ लाख ५० हजार २५० रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ। 

 

बुधबार, २० पुस २०७९, १२ : १४

प्रतिक्रिया