प्रभु बैंकको करिब पौने १३ लाख कित्ता सेयर बिक्रीमा

विहीबार, २१ पुस २०७९, १३ : ३१

काठमाडौँ-   प्रभु बैंकको करिब पौने १३ लाख कित्ता सेयर आज पुस २१ गतेबाट बिक्रीमा राखिएको छ। 

प्रभु बैंकले संस्थापक सेयरधनीहरुका नाममा रहेको १२ लाख ७३ हजार ९१ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनी शैलेश श्रेष्ठको नाममा रहेको १२ लाख ७० हजार १ कित्ता र ज्ञानबहादुर दाहालको नाममा रहेको ३ हजार ९० कित्ता छन्। 


बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको छ। यसको अर्थ सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बिक्रीमा राखिएको सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। यसका लागि बैंकले ३५ दिनको अवधि दिएको छ। 

इच्छुक संस्थापक सेयधनीहरुले काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ। 

तोकिएको अवधिमा पनि संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघसंस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

 

विहीबार, २१ पुस २०७९, १३ : ३१

प्रतिक्रिया