काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता अग्राधिकार शेयरबाट साधारण शेयरमा परिणत भएको उक्त शेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी बैंकको शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया