सिटिजन लाइफ इन्स्योरेन्सद्वारा रु.१ करोड मृत्युदाबी रकम भुक्तानी

शुक्रबार, २२ पुस २०७९, १२ : ०१

काठमाडौँ-  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एकजना दिवंगत बीमितका परिवारलाई रु. १ करोड मृत्युदाबी रकम भुक्तानी गरेको छ। 

बेनीमा बिहीबार आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई रु. १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो। सिटिजन शुभारम्भ बीमा योजनाअन्तर्गत गत असार ३१ गते जीवन बीमा गरेका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचका क्रममा ढिस्कोले पुरिएर मुत्यु भएको थियो। रु. ५० लाखको बीमालेख पोलिसी खरिद गरेका बरुवालको घरपरिवारलाई बीमांक रकम रु. ५० लाख, दुर्घटना मृत्यु लाभबापतको रकम रु.५० लाख र किरिया खर्चबापतको रु ५० हजार गरी एकमुष्ठ रु. १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिए। 
 

शुक्रबार, २२ पुस २०७९, १२ : ०१

प्रतिक्रिया