“एनआईबिएल ग्रोथ फण्ड” को सार्वजनिक निष्काशन, कतिले दिए आवेदन ?

शुक्रबार, २२ पुस २०७९, १२ : ४२

काठमाडौँ-  नेपाल इन्भेष्टमेन्ट बैंककोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल लि. योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड” को सार्वजनिक निष्काशन पौष ७ गतेबाट पौष २१ बाट बिक्री बन्द भएको छ ।

सार्वजनिक निष्काशन अवधिभरमा यस योजनामा ४५ हजार ८३३ जना विभिन्न संस्था तथा सर्वसाधारण लगानीकर्ताहरुबाट कुल १ अर्ब ३२ करोड भन्दा बढीको ईकाइ खरिदकालागि आवेदन परेको छ ।

१० बर्षे समयावधिकालागि जारी गरीएको यस “एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सो समयावधिसम्म सूचिकृत भई दोश्रो बजारमा कारोबार गर्न सकिने जानकारी योजना व्यवस्थापकले गराएको छ ।
 

शुक्रबार, २२ पुस २०७९, १२ : ४२

प्रतिक्रिया