आत्मनिर्भर लघुवित्तले पायो आईपीओ जारी गर्ने अनुमति

शुक्रबार, २२ पुस २०७९, १४ : ४०

काठमाडौँ-  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आत्मनिर्भर लघुवित्तलाई आईपीओ जारी गर्ने अनुमति दिएको छ । 

सेबोनको अनुमतिसँगै अब यो लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ। जसअनुसार १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो आईपीओ आत्मनिर्भर लघुवित्तको चुक्तापुँजी ३२।६२५ प्रतिशतबराबरको हुन आउँछ। आईपीओ बिक्रीपछि संस्थाको चुक्तापुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँ पुग्नेछ। 

यो आईपीओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। 
 

शुक्रबार, २२ पुस २०७९, १४ : ४०

प्रतिक्रिया