काठमाडौँ- बैंक अफ काठमाडौँ लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
बैंकको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खाता आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।
प्रतिक्रिया