सिटिजन लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने उद्देश्यले डाक्यो वार्षिक साधारण सभा

आइतबार, २४ पुस २०७९, १२ : ०१

 काठमाडौँ-  सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव गर्दै कम्पनीले पाँचौं वार्षिक साधारण सभा बोलाएको हो ।


कम्पनीले माघ १५ गते आइतबार अलोफ्ट, छाँयादेवी कम्प्लेक्स ठमेलमा अपरान्ह ५ बजे साधारण सभा बोलाएको हो । सभाले प्रिमियममा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको आर्थिक वर्षको २०७७र७८ को आर्थिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, आय व्यव हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी छलफल गरी पारित गर्नेछ ।


 

आइतबार, २४ पुस २०७९, १२ : ०१

प्रतिक्रिया