काठमाडौँ- ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौँ ले भोलीबाट संयुक्त कारोबार शुभारम्भ गर्ने भएको छ ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू यहीँ पौष २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु गर्दैछन् ।
२१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोबल आइएमई लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।
दुई बैंकहरुको मर्जर पश्चात् कूल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढि ग्राहकहरु हुनेछन् ।
प्रतिक्रिया