काठमाडौँ- कोष व्यवस्थापन कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभा
पुष २३ गते शनिवार कृषि विकास बैंकको मुख्य कार्यालयको सभाहलमा सम्पन्न भएको हो ।
कोष व्यवस्थापन कम्पनीका अध्यक्ष तथा कृषि विकास बैंकका निमित्त प्रमुख कार्यकारी प्रमुख अधिकृत प्रताप सुवेदीको अध्यक्षतामा बसेको उक्त साधारणसभामा उक्त कम्पनीका संचालकहरु मीनराज पोखरेल, सुशिल हुमागाइं, सूर्य प्रकाश हाडा, दिल बस्नेत तथा उक्त कोषका महाप्रबन्धक मनोजभक्त आचार्य कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधिहरु तथा अधिकांश शेयरधनीहरुको उपस्थिति रहेको थियो ।
कम्पनीका अध्यक्ष प्रताप सुवेदीबाट पानसमा बत्ती बाली उद्घाटन गरिएको उक्त साधारणसभामा कम्पनीका अध्यक्षले पेश गरेको आ।व। २०७८।७९ को वार्षिक प्रतिवेदन तथा उक्त अवधिको वित्तीय विवरण माथि शेयरधनीहरुको तर्फबाट कृषि विकास बैंकका प्रतिनिधि तथा बैंकका कम्पनी सचिव हिमलाल पौडेल, कोषका पूर्व महाप्रबन्धक तथा शेयरधनी डा। राजन थापा र शेयरधनी र्दनबाबुजना कट्टेलले आफनो धारणा राखेका थिए । यसकासाथै कम्पनीको प्रगति तथा साधारण सभामा शेयरधनीहरुबाट उठाइएको जिज्ञासाको जवाफका साथै कोषको सबल पक्षहरु तथा कोषले आगामी दिनमा गर्न लागेको कार्यहरुको विषयमा अध्यक्षले धारणा राखेका थिए ।
छैठौं साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, कम्पनीको वित्तीय विवरण अनुमोदन गर्नुका साथै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन समेत गरेको थियो।
प्रतिक्रिया