सीबीआईएल क्यापिटलको अध्यक्षमा पारसकुमार काफ्ले नियुक्त

सोमबार, २५ पुस २०७९, १६ : २९

काठमाडौँ-  सीबीआईएल क्यापिटल लिमिटेडको अध्यक्षमा पारसकुमार काफ्ले नियुक्त भएका छन्। 

कम्पनी सञ्चालक समितिको पुस २४ गते बसेको बैठकले काफ्लेलाई कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो। विशेष साधारणसभाबाट नियुक्त भएका सञ्चालकहरुमध्येबाट मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट काफ्ले कम्पनीको सञ्चालक सदस्य मनोनित भएका थिए। 


बैठकमा सिटिजन्स बैंकका तर्फबाट अन्य सञ्चालकहरु राजेन्द्रलाल श्रेष्ठ, प्रमेशराज कायस्थ, कर्मचारी सञ्चय कोष तर्फबाट सुवाष खड्काका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुइँटेलको उपस्थिति थियो।

नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोषको प्रवर्द्धन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन ९पोर्टफोलियो म्यानेजमेन्ट०, धितोपत्र प्रत्याभूतिकर्ता ९अन्डर राइटर०, सेयर रजिस्ट्रार तथा डि–म्याट खाताजस्ता लगानीकर्तासँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सीबीआईएल क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो। यो कम्पनीमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यापारीको सहलगानी रहेको छ। 

कम्पनीको रजिस्टर्ड कार्यालय काठमाण्डौ डिल्लीबजारस्थित बाटुलेघरमा रहेको छ। 

काठमाण्डौबाहिरका लगानीकर्ताले पुँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भई लगानी गर्न समस्या रहेको हालको परिस्थितिमा संस्थाले लगानी व्यवस्थापक ९पोर्टफोलियो म्यानेजर० को सेवा सिटिजन्स बैंकका देशभरिका सम्पूर्ण शाखा कार्यालयबाट प्रदान गरी इच्छुक लगानीकर्तालाई संस्थाको विज्ञ तथा अनुभवि व्यवस्थापन समूहबाट सेवा प्रदान गर्दै आएको छ।

 

सोमबार, २५ पुस २०७९, १६ : २९

प्रतिक्रिया