काठमाडौँ- उपायले नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबाट ६ करोड रुपैयाँको लगानी पाउन सफल भएको छ।
ग्लोबल इक्विटी फन्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्सद्वारा संयुक्त रुपमा प्रचारित÷प्रवर्द्धति नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड एक प्राइभेट इक्विटी फन्ड हो। उपाय २०१८ मा स्थापना भएको एक अग्रगामी लजिस्टिक्स कम्पनी हो। जसले योभन्दा अगाडि २०२१ मा डोल्मा इम्प्याक्ट फन्ड–आईआईबाट रु. १८ करोडको लगानी हासिल गरेको थियो। सो लगानी उपाय कम्पनीको विस्तारका साथै देशभर लजिस्टिक्स समाधानको स्थापना गर्नका लागि प्रयोग हुँदै आएको छ। सोहीअनुरुप उपायले देशभर बजार एकीकरण, सञ्चालन र इन्ड–टु–इन्ड डेलिभरी सञ्चालन गरी लजिस्टिक्सका सबै पक्षलाई एकीकृत गर्दै आएको छ।
उपायका प्रबन्ध निर्देशक सुमन रायमाझी एनआईआईएफबाट प्राप्त लगानी उपाय २.० को व्यवसाय विस्तार र वृद्धिमा प्रयोग गरिने र यसले कम्पनीलाई नाफाको बाटोमा दोहोर्याउन सफल हुनेमा विस्वस्त छन्। ‘उपाय २.० विशेष रुपमा पूर्वाधार संरचना र प्रविधि विकासमा लक्षित रहनेछ’, उनले भने, ‘अफ्ना चालक तथा सवारी साझेदारहरु, फ्रेन्चाइज साझेदारहरु, व्यापारिक साझेदारहरु र गठबन्धन साझेदारहरुलाई समावेश गरी नेपालको सम्पूर्ण ढुवानी क्षेत्रको उत्थान र विकासमा यो योजना कोशेढुंगा हुनेछ।’
ग्लोबल इक्विटी फन्डका प्रबन्ध निर्देशक एवं एनआईआईएफका लागि लगानी प्रबन्धक डा। मनिष थापा विश्वस्तले भने, ‘यस लगानीका साथ, उपायले लजिस्टिक उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न जारी राख्नेछ र आगामी वर्षहरुमा यसको उन्नत प्रविधिको प्रयोग र साझा चुनौती समाधान गर्न नवीन दृष्टि कोणहरुमार्फत वृद्धिलाई अगाडि बढाउनेछ।’
उपया २.० को सफल समापनका लागि उपयाको सिरिज बी क्लोजिङ लक्ष्य ४० करोड रहेको छ र कम्पनीले सन् २०२३ को अन्त्यसम्ममा आफ्नो फन्डिङ लक्ष्य हासिल गर्ने अपेक्षा गरेको छ।
प्रतिक्रिया