‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियानको सञ्चालन

मंगलबार, २६ पुस २०७९, १७ : १०

काठमाडौँ-  मुक्तिनाथ विकास बैंक लिमिटेडले १६ औँ वर्ष सफलतापूर्वक पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियानको सञ्चालन गरेको छ। 

यस अभियानअन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रम छनौट गरी आवश्यकताअनुसार थोपा सिँचाइ करेसा बारीको निर्माण, तरकारीहरुको बीउ तथा कुहिने फोहोर व्यवस्थापनका लागि चाहिने डिकम्पोजर हस्तानतरण गरेको छ। दैनिक रुपमा आवश्यक पर्ने तरकारी तथा मल थोरै परिमाणमा भए पनि आश्रमभित्रै उत्पादन गरी आत्मनिर्भता र संलग्नताका लागि प्रोत्साहन गर्न बैंकले यो अभियानको सुरुआत गरेको हो। 

यसबाट संस्थामा बस्ने सदस्यहरुमा कृषि र फोहोर व्यवस्थापनका बारे जागरुकता सिर्जना हुनेसमेत बैंकले विश्वास लिएको छ। 

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यो बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकका एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ ९बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३० आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ। 

 

मंगलबार, २६ पुस २०७९, १७ : १०

प्रतिक्रिया