काठमाडौँ – अन्तर्राष्ट्रिय यात्रु उडानमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम पहिलो स्थानमा आएको छ ।
वायुसेवा निगमले सन् २०१८ को एक वर्षमा गरेको यात्रु उडान र अवतरणमा नेपालमा उडान गर्ने सबै वायुसेवालाई पछाडि पारेको छ । निगमले एक वर्षमा ४ लाख ९१ हजार ९७९ जना यात्रु बोकेर नेपालमा उडान हुने ३० वटै वायुसेवाको बीचमा आफूलाई पहिलो स्थान उभ्याएको छ ।
नेपालका बुद्ध,, हिमालयन र नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान हुन्छ भने अन्य डेढ दर्जन मुुलुकका २७ वायुसेवाले नेपालमा नियमित उडान गरिरहेका छन् । यी सबै वायुसेवाले दिएको यात्रु सुविधाका तुलनामा नेपाल वायुसेवा निगम अब्बल ठहरिएको छ ।
प्रतिक्रिया