सुनको भाउ घट्यो

बुधबार, १५ फागुन २०७५, १२ : २०

काठमाडौं – नेपाली बजारमा साताको चौथो दिन बुधबार सुनको भाउ तोलमा रु २०० ले गिरावट  आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलमा ६२ हजार ८०० मा कारोबार भएको थियो भने आज २०० ले घटेर  ६२ हजार ६०० मा कारोबार भइरहेको छ । 

महासंघका अनुसार  बुधबार तेजाबी सुन ६२ हजार ३०० मा कारोबार भइरहेको छ,भने  चाँदी प्रतितोला रु ७७५ मा कारोबार  भइरहेको छ ।

बुधबार, १५ फागुन २०७५, १२ : २०

प्रतिक्रिया