प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

१ बर्ष अगाडि

काठमाडौं-  प्रभु बैंक लिमिटेडले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको उक्त शेयर बिक्रीको लागि आवेदन दिए पश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशितको मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया