आइतबार बढ्यो सुनको भाउ

आइतबार, २६ फागुन २०७५, ११ : ५५

काठमाडौं– आज आइतबार छापावाल सुनको भाउ तोलमा ६० हजार ५०० पुगेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलमा ६० हजार २०० रहेकोमा आइतबार बढेर ६० हजार ५०० पुगेको हो।  

यस्तै आइतबार तेजाबी सुन तोलमा ६० हजार २०० रहेको छ ।

महासंघका अनुसार चाँदी तोलमा ७४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार, २६ फागुन २०७५, ११ : ५५

प्रतिक्रिया