राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गर्ने सरकारको तयारी

बुधबार, १३ असार २०८०, १३ : १६

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गर्ने सरकारको तयारी रहेको बताएका छन् । बुधबार संसदमा सांसदहरुले उठाएको प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै प्रधामन्त्री प्रचण्डले आयोगलाई सरकारको विशिष्ट्रिकृत संस्थाको रुपमा विकास र यसको भूमिका थप सशक्त र प्रभावकारी बनाउन आवश्यक सुधार एवम् पुनर्संरचना गरिने उनले बताए । 


‘राष्ट्रिय योजना आयोगलाई सरकारको विशिष्ट्रिकृत संस्थाको रुपमा विकास गर्दे यसको भूमिकामा थप प्रभावकारी बनाउन पुनर्संरचना गर्ने तयारी रहेको म जानकारी गराउन चाहन्छु’ प्रधानमन्त्री प्रचण्डले संसदमा भने ।  उसो त सरकारले आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत नीति तथा कार्यक्रममा समेत राष्ट्रिययोजना आयोगलाई पुनर्संरचना गरिने उल्लेख गरेको छ ।

बुधबार, १३ असार २०८०, १३ : १६

प्रतिक्रिया