काठमाडौं - नेपाल पुनर्बिमा कम्पनीको आज शुक्रबार असार १५ गते साधारण सभा बस्दैछ । सभा, अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ । साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट लगानीकर्तालाई ४.७५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ।
प्रस्तावित बोनस सेयर सरकार र बिमा प्राधिकरणबाट स्वीकृत भई सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ कम्पनीले असार ७ गते बुक क्लोज गरिसकेको छ। असार ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया