पूर्व राजाको जन्मोत्सवमा हिमानीले वृक्षारोपण गर्ने

सोमबार, १८ असार २०८०, १४ : ३९

काठमाडौं – हिमानी कोषले पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव भव्य रुपमा मनाउने भएको छ । कोषकी अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहले  जन्मोत्सवमा  ललितपुरको दुर्गम दलचोकीमा वृक्षारोपण कार्यक्रम राखिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको शुभ जन्मोत्सवको उपलक्ष्यमा हिमानी कोषकी अध्यक्ष हिमानीले  बिहान ९ बजे चेरी ब्लोसमको पाँच सय बिरुवा रोप्ने जानकारी दिइएको छ ।

वृक्षारोपण कोञ्ज्योसोम गाउँपालिकास्थित दलचोकीमा गर्न लागिएको हो । पूर्वराजाको जन्मदिन असार २३ गते पर्दछ । यो वर्ष ७७ औं जन्मोत्सव मनाउन लागिएको छ । राजावादीहरुले देशका विभिन्न भागमा पूर्व राजाको जन्मोत्सवको कार्यक्रम राखेको बताइएको छ ।

सोमबार, १८ असार २०८०, १४ : ३९

प्रतिक्रिया