काठमाडौँ - बजेट कार्यान्वयन समयसीमा भित्रै हुने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । उनले सम्रग राज्य क्रियाशीलता र समर्पणको आवश्कता र सांसद र आम जनताको सहयोग भए बजेट कार्यान्वयन समयसीमा भित्रै हुने कुरामा दुईमत नरहेको उनले बताएका छन् ।
राष्ट्र बैंकलाई पनि असार मसान्तभित्र थप सहजताको बाटोहरु खोलिदिन आग्रह गरिसकेको बताँउदै सरोकारवाला पक्षहरुले सकारात्मक बाटो देखाएको जानकारी दिए । यसले अर्थतन्त्र चलायमानमा थप सहयोग पुग्ने उनको धारणा रहेको छ।
हामीले बजेटलाई कार्यान्वयन समयसीमा भित्र सकाउन छलफल निरन्तर जारी राखेका छौ । मलाई आशा छ, मन्त्रालयका मातहत र कर्मचारी र सांसदहरुको उचित सहयोग पाए समयसिमा भित्रै नै काम सम्पन्न हुनेमा विश्वस्त रहेको छ । उनले भने ।
प्रतिक्रिया