सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन

मंगलबार, २६ असार २०८०, ११ : ३६

काठमाडौं-  मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर  १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको हो ।

हेलिकप्टरको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

 

मंगलबार, २६ असार २०८०, ११ : ३६

प्रतिक्रिया