सम्पर्कविहीन रहेका हेलिकप्टर सोलुखुम्बुको लम्जुरामा डाँडामा  दुर्घटनाग्रस्त

मंगलबार, २६ असार २०८०, १२ : १६

काठमाडौँ-  सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा  डाँडामा दुर्घटनाग्रस्त भएको छ । सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गर्दै थप जानकारी आउन बाँकी रहेको छ । 


‘हेलिकप्टर क्षतविक्षत भएको जानकारी आएको छ । अहिले वडामा रहेको प्रहरी टोली घटनास्थलमा पुग्दैछ’, उनले आजको अर्थलाई  बताए । 

मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो  । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् । 
सदरमुकामबाट लम्जुजुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।

मंगलबार, २६ असार २०८०, १२ : १६

प्रतिक्रिया