सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने तयारीमा विप्लव

मंगलबार, १२ चैत्र २०७५, १० : ५३

काठमाडौँ – सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध लगाएपछि मुलुक थप द्वन्द्वतिर जाने सम्भावना बनेको छ । 

सोमबार एक विज्ञप्ति जारी गर्दे विप्लवले पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

पार्टी स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली लगायत नेता कार्यकर्ताको गिरफतारीपछि उक्त पार्टीका महासचिव विप्लवले सोमबार वक्तव्य जारी गरी त्यस्तो चेतावनी दिएका हुन्। 
विप्लवले चैत महिनाभित्र प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने चेतावनी दिएका छन् । 

चैत १६ गते शनिबार नेपाल बन्दको समेत घोषणा गदै विप्लवले पार्टी स्थायी समिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको समेत जनाएका छन्। चन्दले सोमबार बेलुकी वक्तव्य दिएका हुन्।

सरकारले देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको समेत आरोप लगाएका छन्।

प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलको बैठकमा  सोमबार चैत महिनाभित्र विप्लवको पार्टीका गतिविधि नियन्त्रणमा लिइने बताएका थिए।

मंगलबार, १२ चैत्र २०७५, १० : ५३

प्रतिक्रिया