आईपीओ ल्याउँदै रिचेत जलविद्युत , सेबोनसँग माग्यो अनुमति

शुक्रबार, १२ असोज २०८०, १५ : ४८

काठमाडौँ - रिचेत जलविद्युत कम्पनीले आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो। 

 कम्पनीले करिब ११ करोड ७६ लाख ४५ हजार रुपैयाँबराबरको आईपीओ ल्याउन सेबोनसँग अनुमति मागेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख ७६ हजार ४५० कित्ता आईपीओ ल्याउनेछ। 

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ। 

 

शुक्रबार, १२ असोज २०८०, १५ : ४८

प्रतिक्रिया