एक कम्पनीको  सेयर नेप्सेमा सूचीकृत

बुधबार, १७ असोज २०८०, १२ : ४६

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५८ लाख बढी कित्ता सेयर थपिएको छ। 

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर थपिएको हो। यो कम्पनीको कुल ५८ लाख १० हजार ४३७.५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। 

अघिल्लो आर्थिक वर्षमा नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। 

यो कम्पनीले अघिल्लो वर्ष सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। 

 

बुधबार, १७ असोज २०८०, १२ : ४६

प्रतिक्रिया