काठमाडौं- साता कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ९ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ९९ लाख ३१ हजारको कारोबार भएको छ । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.५२ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर उपसूचक १.३७ र फाइनान्स उपसूचक १.०४ प्रतिशतले बढेको छ ।
शेयर बजार सामान्य अंकले बृद्धि भएसँगै दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मध्ये भोटेकोशी जलविद्युत र बुद्ध भुमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यसका साथै, इन्फिनिटी लघुवित्तको ९ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ७.६२ प्रतिशत, दिव्यश्ररी हाइड्रोपावरको ७.५८ प्रतिशतले बृद्धि भएको छ ।
प्रतिक्रिया