काठमाडौं- बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि सामान्य अंकले बढेको शेयर बजार आज ९.२४ अंकले बृद्धि भई १९६७ को विन्दुमा कायम भएको छ ।
शेयर बजार सामान्य अंकले बृद्धि भएसँगै सिटिजन लाइफको सबैभन्दा बढी शेयर कारोबार भएको छ । आज कम्पनीको छ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यसका साथै, आज रिलायबल नेपाल लाइफको चार करोड ३० लाख रुपैयाँ, शिवम् सिमेन्टको तीन करोड ४१ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको तीन करोड १३ लाख रुपैयाँ र सन नेपाल लाइफको तीन करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज समता घरेलु लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.६१ प्रतिशतले घटेको छ । हिमालयन लघुवित्तको ४.५५, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ३.८७, आशा लघुवित्तको ३.८४, एनआईसी एशिया सेलेक्ट फण्ड–३० को ३.४१, बीपीडब्लु लघुवित्तको ३.१०, गुराँस लघुवित्तको ३, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को २.१३, नबिल ब्यालेन्स फण्ड–३ को २.०३ र कुमारी इक्विटी फण्डको २.०२ प्रतिशतले शेयरमूल्य घटेको छ ।
प्रतिक्रिया