सोनापुर मिनरल्सले कुरेन २८ गते, आइपिओ आजै बन्द गरिने

विहीबार, १८ असोज २०८०, ०८ : ०८

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा माग भन्दा अधिक आवेदक परेपछि कम्पनीले आज अर्थात असोज १८ गते नै बन्द गर्ने भएको छ। आज एक सुचना जारी गर्दै कम्पनीले आजको कार्यालय समय पछ्यात आईपीओ बन्द गर्ने सूचना निकालेको हो। आईपीओको चौथो दिन साँझ सम्म माग भन्दा धेरै आवेदन परेको छ।

सिडिएसका तथ्याङ्क अनुसार बुधबार साँझ  ०५ र ०७ सम्ममा १ करोड १७ लाख ५२ हजार २ सय ९० कित्ताका लागि आवेदन परिसकेको छ । कुल ९ लाख ८६ हजार ७ सय ५०  जनाले उक्त संख्यामा कित्ता आवेदन माग गरेका हुन् ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज १४ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा  आवेदन दिने म्याद थप गरेर असोज २८ गतेसम्म आवेदन दिन सकिने बेहोरा उल्लेख गरेको थियो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपश्चात् अब सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।

विहीबार, १८ असोज २०८०, ०८ : ०८

प्रतिक्रिया