आज देखि माथिल्लो मैलुङखोला जलविद्युतको आईपीओ सर्वसाधारणलाई खुला

विहीबार, १८ असोज २०८०, ०८ : २५

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सर्वसाधारणलाई आइपिओ निष्कासन आज असोज १८ गते देखि खुला भएको छ। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट पश्चात् अब सर्वसाधारणका लागि आइपिओ निष्कासन खुला गरेको हो। 

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासनका लागि नेपाल धितो पत्र बोर्डबाट स्वीकृति लिएको थियो।

 जस मध्य  १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर  विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ भने  ७५ हजार कित्ता  सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरी बाँकी रहेको ९ हजार २०० कित्ता सहित कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो।


कति दिने आवेदन ?

    न्यूनतम ९१० कित्ता
  अधिकतम ९ १० हजार कित्ता 

कहिले सम्म दिने आवेदन ?

निष्कासन बन्द छिटोमा असोज २२ गते हुनेछ भने ढिलोमा कात्तिक २ गते हुनेछ।

कहाँबाट दिने आवेदन ?

धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

को हो बिक्री प्रबन्धक ?

आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

रेटिङ 

आइपिओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्दछ।
 

विहीबार, १८ असोज २०८०, ०८ : २५

प्रतिक्रिया