काठमाडौँ - नेपाल धितोपत्र बोर्डले घलेम्दी हाइड्र्रो पावरलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।
अब कम्पनीले १ स् २ अनुपात अर्थात् २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने छ । कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
कम्पनीले सांग्रिला उर्जा प्रालिद्वारा प्रबरद्धित संखुवासभामा रहेको ६३ मेगावाटको पीआरओआर छुजुङ्ग खोला जलविद्युत आयोजनामा घलेम्दीको कम्तिमा ५१ प्रतिशत शेयर कायम हुने गरि लगानी गर्न हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।
प्रतिक्रिया