यस साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो साता २००४।३० विन्दुमा बन्द भएको नेप्से, यस साता २.३६ प्रतिशत अर्थात् ४७.३८ अङ्क घटेर १९५६.९२ विन्दुमा झरेको छ।
यस साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ३ कारोबार दिन घटेको थियो भने दुई कारोबार दिन बढेको थियो। यस साताको सोमबार र बुधवार नेप्से सामान्य अङ्क बढेको थियो।यस साता सेन्सेटिभ इन्डेक्स ९.५७ अङ्क घटेको छ भने फ्लोट इन्डेक्स ३.२७ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.३३ अङ्क घटेको छ।
नेप्सेसँगै यस साता दैनिक औसत भोल्यूम पनि घटेको छ। गत साता दैनिक औसतमा १ अर्ब ९५ करोडको शेयर कारोबार भएको बजारमा, यस साता दैनिक औसतमा १ अर्ब ४१ करोडको शेयर खरिदबिक्री भएको छ।
गत साताको तुलनामा यस साताको दैनिक औसत कारोबार रकम ५३ करोड अर्थात् २७।५६ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औसत शेयर सङ्ख्या ३७.७३ प्रतिशत घटेको छ भने दैनिक औसत कारोबार सङ्ख्या १०.३२ प्रतिशत घटेको छ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण करिब २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ३८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ५४ अर्ब अर्थात् १.८० प्रतिशत घटेर २९ खर्ब ८३ अर्बमा सीमित भएको छ। यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचक सबैभन्दा कम घटेको छ भने होटेल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ।
प्रतिक्रिया