काठमाडौं - कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दाहोरो अंकले घटेको छ । आज शेयर बजार ३७ दशमलव ०५ प्रतिशतले घटेर १९१९ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा गिरावट आएतापनि बाराही हाइड्रोपावरको शेयरमूल्य चाँही सर्वाधिक बृद्धि भएको छ । आज कम्पनीको शेयरमूल्य ९ दशमलव ५९ प्रतिशतले बृद्धि भई ५५१ रुपैयाँमा कारोबार भएको छ ।त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ९.४० प्रतिशत, सयपत्री हाइड्रोपावरको २.७८ प्रतिशत, बिओके डिभेन्चर २०८६ को २.३० प्रतिशत र प्राइम डिभेन्चर २०८५ को २ प्रतिशतले शेयरमूल्य बढेकोे छ ।

नेप्सेमा गिरावट आएसँगै आज २१३ कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ ।आज दुई कम्पनी हिमालयन लघुवित्त र गरीमा डेबेन्चर–२०८५ को शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, घलेम्दी हाइड्रोको ८.७०, माया खोला हाइड्रोपावरको ७.१७, मन्दाकिनी हाइड्रोपावरको ५.९९, सगरमाथा जलविद्युतको ५.७९, थ्री स्टार हाइड्रोपावरको ५.५३, यूनियन हाइड्रोपावरको ५.४१, मध्य भोटेकोशी जलविद्युतको ४.९३ र अपि पावर कम्पनीको ४.७३ प्रतिशतले शेयरमूल्य घटेको छ ।

प्रतिक्रिया