अपर तामाकोशीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

सोमबार, २२ असोज २०८०, ०८ : २०

अपर तामाकोसी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज असोज २२ गते अन्तिम दिन रहेको छ । 

सो हकप्रद सेयर आज कार्यालय समयसम्म आवेदन दिने सकिनेछ । कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । हाल अपर तामाकोशीको  चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ।

अब यो कम्पनीले १०० अङ्कित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद निष्कासन गर्नेछ। हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ।

हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। हकप्रद शेयर निष्कासन प्रयोजनार्थ  कम्पनीले साउन २६ गते बुकक्लोज  गरेको थियो। यसर्थ साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीहरूले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

सोमबार, २२ असोज २०८०, ०८ : २०

प्रतिक्रिया