मैलुङ खोलाले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

सोमबार, २२ असोज २०८०, ०८ : २८

माथिल्लो मैलुङ  खोला जलविद्युत लिमिटेडले यहीँ असोज १८ गतेदेखि निष्कासन गरेको आईपीओमा  आवेदन दिने आज असोज २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्टाएको थियो। 

उक्त रकम मध्य १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित दरका १ लाख ५० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ।

त्यसै गरी, सोमध्ये ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरी बाँकी रहेको ९ हजार २०० कित्ता शेयर सहित कुल १२ लाख ८४ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो।

सोमबार, २२ असोज २०८०, ०८ : २८

प्रतिक्रिया