नेप्सेमा दोहोरो अंकको गिरावट, अन्य उपसुचक कस्तो ?

सोमबार, २२ असोज २०८०, १५ : ३३

काठमाडौं- साता कारोबारको पहिलो दिन आईतबार ३५ अंकले घटेको नेप्सेमा आज दोस्रो दिन सोमबार पनि दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से उपसूचक १२ अंकले घटेर १९०८ को विन्दुमा कायम भएको छ । आज ४३ लाख २७ हजार १७९ कित्ता किनबेच हुँदा १ अर्ब १७ करोड १ लाख ७२ हजारको कारोबार भएको छ ।

नेप्से परिसूचक घटेसँगै आज ११ उपसूचकमा गिरावट आएको छ । ट्रेडिङ उपसूचक र उत्पादत तथा प्रशोधन उपसूचक क्रमशः ०.४९ र ०.०६ प्रतिशतले बढेको छ । आज जीवन बीमा उपसूचक सर्वाधिक १ प्रतिशतले घटेको छ ।

आज नबिल बैंकको कारोबार सर्वाधिक ३ करोड ५१ लाख ४५ हजारको कारोबार भएको छ भने रिलायबल नेपाल लाइफको ३ करोड ३६ लाख ३२ हजारको कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन लघुवित्तको ३ करोड ११ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ९४ लाख, शिवम सिमेन्टको २ करोड ८१ लाख, हिमालयन डेस्टिलरिको २ करोड २९ लाख, सिटिजन इन्भेष्टमेन्टको २ करोड २२ लाख, एनआईशी एशिया बैंकको २ करोड १९ लाख, सानिमा जिआईसीको २ करोड १४ लाख र आईएमई लाइफ इन्स्योरेन्सको २ करोड रुपैयाँको कारोबार भएको छ ।

सोमबार, २२ असोज २०८०, १५ : ३३

प्रतिक्रिया