चिरख्वा हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्दै छ ।
कम्पनीले १०० अङ्कित दरका कुल ८ लाख ५९ हजार ३०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गर्नेछ। जसमा आयोजना प्रभावित स्थानीयका लागि जारी गरिएको सेयरमा बिक्री नभएको १ लाख ९५ हजार ३०० कित्ता पनि थप गरिएको छ।
कम्पनीले कर्मचारीलाई २ प्रतिशतले हुन आउने १६ हजार कित्ता र सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने ४० हजार कित्ता सेयर बाँडफाँड गरिसकेको छ। यसमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्। नेपाल धितो पत्र बोर्ड (सेबोन) बाट अनुमतिप्राप्त सी–आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
प्रतिक्रिया