नेप्सेमा निरन्तर गिरावट, अन्य उपसुचक कस्तो ?

मंगलबार, २३ असोज २०८०, १५ : १८

काठमाडौं-  मंगलबार नेप्से १८ सयको विन्दुमा झरेको छ । परिमार्जित शेयर धितो कर्जाले लगानीकर्ता हतोत्साहित हुँदा नेप्सेमा निरन्तर गिरावट आएको हो ।

आज नेप्से परिसूचक १९ अंकले घटेर १८८९ को विन्दुमा कायम भएको छ । नेप्सेमा ४२ लाख ८७ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोड ३१ लाख ८२ हजार बराबरको कारोबार भएको छ ।

नेप्से घटेसँगै आज १३ वटै उपसूचकमा गिरावट आएको छ । आज हाइड्रोपावर उपसूचक सर्वाधिक १.७९ प्रतिशतले घटेको छ । त्यस्तै, निर्जीवन बीमा उपसूचक १.६९, होटल तथा पर्यटन उपसूचक १.५८, फाइनान्स उपसूचक १।३९, जीवन बीमा उपसूचक १.०६, र विकास बैंक उपसूचक १.०१ प्रतिशतले घटेको छ ।

शेयर बजार आज नेप्से परिसूचक १९ दशमलव ०६ अंकले घटेर १८८९ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।

शेयर बजार १८ सयको विन्दुमा पुगेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज सानिमा जिआईसी इन्स्योरेन्सको सबैभन्दा बढी शेयर कारोबार भएको छ । कम्पनीको आज २० करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको तीन करोड ४४ लाख, एनआईसी एशिया बैंकको तीन करोड, शिवम् सिमेन्टको २ करोड ६३ लाख र सिटिजन लाइफको २ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार, २३ असोज २०८०, १५ : १८

प्रतिक्रिया